LIVE
काँग्रेसले वर्तमान सरकारबाट समर्थन फिर्ता, आफ्नै नेतृत्वमा सरकार गठनको पहल | मुख्यमन्त्री सिंहको राजिनामाबारे अन्य पार्टीका सांसदहरु के भन्छन् ? | मधेश प्रदेश सभामा सुचारु गर्न दलहरुको माग | जनमतमा पहिरो, कमजोर हुदै जनमत ! | मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई पार्टीको स्पष्टीकरण | आफ्नै पार्टीले नेतृत्व गरेको सरकारबाट जनमतले लिए समर्थन फिर्ता | सिरहाका विस्थापित प्रहरी युनिटहरु पुनःस्थापित हुदै | प्रहरीको हतियार लुटेको आरोपमा जनकपुरका दुई युवा पक्राउ | मधेश प्रदेशका चौकीहरुमा अझै फर्केन सकेनन् सुरक्षाकर्मी | मधेश प्रदेशमा नयाँ सरकार गठनको तयारी, सर्वदलीय सरकारको सम्भावना |

मो.इन्तेखाब आलम
जनकपुरधाम । मोहत्तरीको भ्रमरपुरमा लोहरपटी नगरपालिकाको सहयोगमा र सेवा निवृत शिक्षक कर्मचारी सदनको आयोजनमा २०७८ को एसईईमा ए पल्स र ए ग्रेड ल्याएका विधार्थीहरुलाई पुरस्कृत गरेको छ । लोहरपटी नगरपालिका मा वि स्कुलका विशिष्ट श्रृणी उतिर्ण २३ वटा छात्र, छात्राहरुलाई दोसल्लाह ओढाइ र शैक्षिक सामग्री वितरण गरि पुरस्कृत गरेको छ । लोहरपटी नगरपालिकाका मेयर शैलेन्द्र कुमार यादवको प्रमुख अतिथिमा शुक्रवार मोहत्तरीको भ्रमरपुरमा सो कार्यक्रम भएको थियो ।

पुरस्कृत गरिएको विधार्थीहरुमा १३ छात्रा र १० जना छात्रहरुले सो पुरसकार पाएका छन । लोहरपटी नगरपालिकाका मेयर,उपमेयर र सेवा निवृत शिक्षक कर्मचारी सदनले संयुक्त रुपमा विधार्थीलाई पुरस्कृत गरेका छन । भ्रमरपुरामा बसोबास गरिरहेका र उनीहरु हाल सरकारी जागिरमा रही देश निर्माणमा लागेका हुनाले उनीहरुलाई पनि सो सदनले सम्मानित गरेका छन । कार्यक्रममा लोहरपटी नगरपालिका विभिन्न दालका नेता ,कार्यकर्ता भरभला आदमी,शिक्षक,समाजसेवी शिक्षा प्रेमी,किसान,स्वास्थय कर्मी लगायतका व्यकतीहरु उपस्थित रहेका थिए ।

सम्बन्धित खबर