LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

आर्थिक पत्रकार समाजमा नयाँ नेतृत्व, अध्यक्षमा भट्टराई विजयी काठमाडौं । आर्थिक पत्रकार समाज (सेजन)को २७औं साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अध्यक्षमा भागवत भट्टराई विजयी भएका छन्। शनिबार सम्पन्न भएको निर्वाचनमा भट्टराईले १८ मतान्तरले विजयी हासिल गरेका हुन्। उनले ११० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ मत पाए। अध्यक्षमा प्रतिस्पर्धा गरेकी आशा थपलियाले ४१ मत प्राप्त गरिन्। महासचिवमा कमल कुमार बस्नेत ३५ मतान्तरले विजयी भए। उनले १३९ मत ल्याउँदा उनका प्रतिद्वन्दी अच्युत पुरीले १०४ मत मात्र पाए। कोषाध्यक्षमा ममता थापा विजयी भइन्। उनले १३३ मत ल्याउँदै केशु लामिछानेलाई २५ मतले पछि पारेकी हुन्। त्यस्तै सदस्यतर्फ सीमा तामाङ, भोजराज भण्डारी, राजु बास्कोटा, अर्जुन तामाङ र कमल धिताल विजयी भएका छन्। यस अघि उपाध्यक्षमा जीवन बस्नेत र सचिब शंकर पन्डित शुक्रबार नै निर्विरोध भएका थिए ।